×

वीरगञ्ज। खानेपानी मन्त्री प्रदीप यादवले वीरगञ्जमा बाजागाजा सहित परम्परागत रूपमा फूलपाती भित्र्याउनुभएको छ। मन्त्री यादवले शान्ति, समृद्धि र देशका हरेक नागरिकको सुख समृद्धिको कामना गर्दै फूलपाती भित्र्याउनुभएको हो।

प्रत्येक वर्ष दुर्गा पूजा अन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन मनाइने फूलपाती शास्त्रीय विधिअनुसार भव्य रुपमा मनाइन्छ। यस अवसरमा मन्त्री यादव लगायत भक्तजनहरूले माता दुर्गाको डोली लिएर नेपाल विद्युत प्राधिकरणको प्राङ्गणमा पुजाआजा गरेका थिए।

डोली राधेमाई मन्दिरको प्राङ्गणबाट बाजागाजा सहित हजारौं भक्तजनहरूको सहभागितामा निकालिएको थियो। हजारी साह, हिरा गिरी, उदय राज उपाध्याय, देवेन्द्र नाथ तिवारी लगायतका प्रमुख व्यक्तित्वहरू पनि सहभागी थिए। डोली राधेमाई, वडा प्रहरी कार्यालय श्रीपुर, तेजारथ टोल हुँदै नेपाल विद्युत प्राधिकरणमा पुगेर पुजाआजा गरियो।

घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गा माताको आवाहन गरी पूजाआजा गरिएको दशैँघरमा शुभ साइतको प्रतीकको रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानववृक्ष भित्र्याइएको थियो। फूलपातीलाई नौ देवीको प्रतीक मानिन्छ र यसलाई नव प्रतिकको रूपमा पनि चिनिन्छ।

त्यसपछि डोली रोधमाई मन्दिरमा पुगेर, नेपाल प्रहरीका पाँच टुकडीले भगवती देवीलाई सलामी अर्पण गरेका थिए। राधेमाई, श्रीपुर, रानीघाट, लक्षुमणवा लगायत क्षेत्रका हजारौं भक्तजनहरूको सहभागितामा यो कार्यक्रम भव्यताका साथ सम्पन्न भएको थियो।

Back to top