×

फूलपातीको अवसरमा आज तीन नेपाली फिल्म एकसाथ प्रदर्शनमा आएका छन् – दीपकदीपाको ‘छक्का पञ्जा ५’, जितु नेपालको ‘ज्वाइँ साब’ र विराज भट्टको ‘१२ गाउँ’। दसैँको माहोलमा रिलिज भएका यी फिल्महरूबीच बक्सअफिसमा कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ।

‘छक्का पञ्जा ५’ ले पहिलो दिन २२१ शो पाउँदा, ‘१२ गाउँ’ ले १३५ र ‘ज्वाइँ साब’ ले ९४ शो पाएका छन्।

‘छक्का पञ्जा ५’ को कथा कर्मचारीतन्त्र र राजनीतिमा आधारित छ। यो फिल्ममा दीपकराज गिरी, केदार घिमिरे माग्ने बुढा र वर्षा शिवाकोटी मुख्य भूमिकामा छन्।

विराज भट्टको निर्देशनमा बनेको ‘१२ गाउँ’ मा उनका छोरा समीर भट्टको डेब्यु रहेको छ, जसले दर्शकमा ठूलो उत्साह थपेको छ। यो फिल्म एक्सन प्रधान छ, जसका लागि भारतबाट द्वन्द्व निर्देशक ल्याइएको थियो।

जितु नेपाल र नीति शाहको मुख्य भूमिका रहेको ‘ज्वाइँ साब’ ले नीतिसँग बिहे गर्न प्रतिस्पर्धा र त्यसपछि भोग्नुपरेका कठिनाइहरूलाई चित्रण गरेको छ।

यी तीन फिल्मका बीचमा बक्सअफिसको नतिजा कस्तो आउँछ, त्यो भने हेर्न बाँकी छ।

Back to top