×

वीरगञ्ज । मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिका-६ गोल्पिङ्गमा यात्रुवाहक बस दुर्घटना हुँदा ४० जना घाइते भएका छन् । 

बुधवार साँझ सवा ७ बजेको करिवमा काठमाडौँबाट जनकपुरतर्फ जाँदै गरेको ना. ३ ख २७२३ नम्बरको यात्रुवाहक बस ब्रेक फेल भई विपरीत दिशाबाट आउँदै गरेका दुई ट्याक्सीहरू; बा. २ ज ९८३ र बा. २ च ८०—लाई ठक्कर दिँदा बस करिब २० मिटर तल खसेको थियो ।

दुर्घटनामा परेर पाँच जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार, बसमा सवार ४५ जना यात्रुमध्ये ४० जना घाइते भएका छन् भने पाँच जना यात्रुहरू र ट्याक्सीमा सवार सबै व्यक्ति सकुशल रहेका छन् । 

घाइते यात्रुहरूको उद्धार कार्य भीमफेदीस्थित कारागार सुरक्षा बेसका सप्रनानि नागेन्द्र साहको नेतृत्वमा खटिएको ११ जनाको टोलीले गरेको प्रहरीले जनाएको छ । उद्धार गरिएका घाइतेहरूलाई तत्काल जिल्ला अस्पताल हेटौंडातर्फ उपचारका लागि पठाइएको छ ।

घाइतेहरूमध्ये ६ जना गम्भीर अवस्थामा रहेका छन्, उनीहरूलाई थप उपचारका लागि चितवन मेडिकल कलेजमा रिफर गरिएको छ मकवानपुरले प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले घटना दुर्घटनाको थप अनुसन्धान गरिरहेको छ ।

Back to top