×

वीरगञ्ज। सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत, सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र मुर्ली श्रीपुर पर्साले एक महत्वपूर्ण सहयोग प्राप्त गरेको छ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर ११ श्रीपुर त्रिमूर्ति टोलमा अवस्थित डाइनामिक टेक्नोसफ्ट प्रा.लि.का प्रमुख सचिन साहले सामुदायिक सेवा केन्द्र मुर्ली श्रीपुर पर्सालाई एक थान प्रिन्टर हस्तान्तरण गरेका छन्।

यस अवसरमा वडा प्रहरी कार्यालय श्रीपुरमा कार्यरत प्रहरी बरिष्ठ नायब निरीक्षक गोरख बहादुर शाहीले प्रिन्टर औपचारिक रूपमा केन्द्रलाई हस्तान्तरण गरे।

उक्त कार्यक्रममा सामुदायिक सेवा केन्द्र मुर्ली श्रीपुरका बरिष्ठ उपाध्यक्ष जयलाल साह कानु, सचिव कुल नारायण प्रधान, सदस्य मधु सिंह, प्रहरी हवल्दार सुभाष प्रसाद यादव, प्रहरी जवान अबिनेस राय लगायत अन्य स्थानीय अधिकारीहरूको उपस्थिति रहेको थियो।

सामुदायिक सेवा केन्द्र र प्रहरी सेवा केन्द्रले यस प्रकारको सहयोगले स्थानीय सेवाहरूमा सुधार ल्याउने आशा व्यक्त गरेका छन्।

Back to top