×

चितवन, भण्डारा । सशस्त्र प्रहरी बल नेपाल नं. ३ गढीमाई बाहिनी मुख्यालय मकवानपुरले दशै कार्यक्रम अन्तर्गत सिन्धुलीको खुर्कोटमा विपद् प्रभावितहरूलाई लक्षित गरी खाना वितरण कार्यक्रमको आयोजना गरेको छ।

बुधबार सम्पन्न उक्त कार्यक्रममा स्थानीय विपद् प्रभावितहरू, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन बेस खुर्कोटका सशस्त्र प्रहरी कर्मचारी, स्थानीय समाजसेवी र जनप्रतिनिधिहरू सहभागी भएका थिए।

सशस्त्र प्रहरी नायब महानिरीक्षक गणेश ठाडा मगरका अनुसार बाहिनीका 21C एसएसपी तीर्थराज पौडेलको नेतृत्वमा आयोजित यस कार्यक्रममा करिब ३०० जनाको सहभागीता रहेको थियो। कार्यक्रमले स्थानिय जनसमुदाय र विपद् प्रभावितहरूसँग सम्बन्ध विस्तार गर्न मद्दत पुर्‍याएको छ।

यसैबीच, बिहीबार वीरगञ्ज उद्योग वाणिज्य संघको प्रायोजनमा सिन्धुलीको मूलकोट, नेपालचोक र मंगलटारमा २५० जनालाई राहत वितरण गर्ने कार्यक्रम पनि तय गरिएको छ।

त्यस्तै, काठमाडौँबाट ओखलढुंगा जाँदै गरेको बस दोलखाको भिमेश्वर नगरपालिका-०८, चङ्गेमा दुर्घटना हुँदा ४२ जना घाइते भएका छन्। घाइतेहरूमध्ये १५ जनाको अवस्था मध्यम रहेको र बाँकीको अवस्था सामान्य रहेको बताइएको छ। घाइतेहरूको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको छ।

सशस्त्र प्रहरी बलले विपद् व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेलेको र स्थानीय जनताको सहयोगमा राहत तथा उद्धार कार्यलाई निरन्तरता दिने बताइएको छ।

Back to top