×

भारत र माल्दिभ्सले नयाँ दिल्लीमा आयोजित एक समारोहबीच विभिन्न क्षेत्रमा विभिन्न समझदारी पत्रमा हस्ताक्षर गरेका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भ्रमणमा रहेका मालदिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जुको उपस्थितिमा सो सम्झौताहरुमा हस्ताक्षर भएको हो।

राष्ट्रपति मुइज्जु पाँच दिने राजकीय भ्रमणमा आइतबार भारत पुगेका थिए। एमओयुमा मुद्रा आदानप्रदान, प्रहरी, भ्रष्टाचार रोकथाम, न्यायिक तालिम, खेलकुद तथा युवा मामिला लगायतका क्षेत्रहरू समेटिएका छन्। सो अवसरमा दुवै पक्षले ‘बृहत आर्थिक र सामुद्रिक सुरक्षा साझेदारी’का लागि भिजन दस्तावेज पनि पारित गरेका थिए।

राष्ट्रपतिको हैसियतमा मुइज्जुको यो पहिलो भारत भ्रमण हो। उनले मोदीसँग आपसी हितका द्विपक्षीय, क्षेत्रीय र अन्तर्राष्ट्रिय विषयमा छलफल गरेको बताइएको छ।

Back to top