×

आईसीसी महिला टी–२० विश्वकप क्रिकेटमा इङ्गल्यान्डले दक्षिण अफ्रिकालाई हराएको छ। 

शारजाहमा हिजो भएको खेलमा इङ्गल्यान्डले दक्षिण अफ्रिकालाई ७ विकेटले हराएको हो।

दक्षिण अफ्रिकाले दिएको १ सय २५ रनको लक्ष्य पछ्याएको इङ्गल्यान्डले १९ ओभर २ बलमा मात्र ३ विकेट गुमाएर भेट्टायो। 

इङ्गल्यान्डका न्याट सिभर ब्रन्टले अविजित ४८ रन बनाइन्। दक्षिण अफ्रिकाका शोफी इक्लेस्टोनले २ विकेट लिइन्। 

टस हारेर पहिले व्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय २४ रन बनाएको थियो। दक्षिण अफ्रिकाका कप्तान लाउरा उल्भाआटले सर्वाधिक ४२ रन बनाइन्। 

यसअघि इङ्गल्यान्डले पहिलो खेलमा बङ्गलादेशलाई हराएको थियो भने दक्षिण अफ्रिकाले वेस्ट इन्डिजलाई हराएको थियो।
प्रतियोगिता अन्तरगत आज न्यूजिल्याण्ड र अष्टेलियाबीच खेल हुनेछ। खेल राति पौने ८ बजे सुरु हुनेछ। 

Back to top