×

वीरगञ्ज। पर्सा जिल्लामा रौनियार युवाहरुको भेलाले सर्वसहमतिको आधारमा "रौनियार युवा समाज" गठन गरेको छ। वीरगञ्जको होटल गेटवेमा आयोजित भेलामा रौनियार समाजका अगुवा तथा युवाहरुको उपस्थिति रहेको थियो। समाजका अगुवा तथा वडा नम्बर ९ का अध्यक्ष जवाहर प्रसाद गुप्ताको विशेष उपस्थितिमा तदर्थ समिति चयन गरिएको छ।

धिरेन्द्र रौनियारको अध्यक्षतामा ११ सदस्यीय तदर्थ समिति सर्वसहमतिको आधारमा गठन गरिएको छ। भेलामा मनोज रौनियार, शंकर रौनियार, राजन रौनियार, बंसीधर रौनियार, रविन्द्र रौनियार, किशोर रौनियार, सरोज रौनियार, विकास रौनियार, सुनिल रौनियार लगायतको उपस्थिति रहेको थियो।

समितिमा चयन भएका पदाधिकारीहरूमा निम्न व्यक्ति रहेका छन्:

  • अध्यक्ष: धीरेन्द्र रौनियार
  • उपाध्यक्ष: विकास रौनियार
  • सचिव: पिन्टु रौनियार
  • कोषाध्यक्ष: राम रौनियार
  • सदस्यहरू: बिजय रौनियार, बिनोद रौनियार, प्रकास रौनियार, मनोज कुमार रौनियार आदि।

रौनियार युवा समाजको यस नवगठित समितिले समाजसेवा, युवाहरुलाई नेतृत्वमा ल्याउने तथा जिल्लाको विकासमा योगदान पुर्याउने उद्देश्य राखेको छ।

Back to top