×

वीरगञ्ज । लेखक तथा पत्रकार श्रीमन्नारायणद्वारा लिखित पुस्तक 'बहुआयामिक महत्वको द्वीपक्षीय सम्बन्ध' को आज वीरगञ्जमा एक विशेष कार्यक्रमबीच विमोचन गरिएको छ।

वीरगञ्ज महानगरपालिकाको ममता विद्या मन्दिरमा आयोजित सो कार्यक्रममा वीरगञ्ज महावाणिज्य दूतावासका तरुण कुमार प्रमुख अतिथि रहेका थिए।

कार्यक्रममा मधेस प्रदेशका पूर्वमुख्यमन्त्री लालबाबू राउत गद्दी, वरिष्ठ पत्रकार जगदीश शर्मा, दुर्गाभगवती गाउँपालिकाका अध्यक्ष शम्भु सिंह, प्राध्यापक बासुदेवलाल दास, उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष एवं साहित्यकार गणेश लाठ लगायतका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

उनीहरूले पुस्तकको संयुक्त रूपमा विमोचन गर्दै पुस्तकको विषयवस्तुबारे मन्तव्य व्यक्त गरे।

उक्त पुस्तक द्वीपक्षीय सम्बन्धका विविध आयामलाई समेटेर लेखिएको र नेपाल-भारत सम्बन्धको ऐतिहासिक, सामाजिक, आर्थिक तथा सांस्कृतिक पक्षमा विशेष ध्यान दिइएको छ। पुस्तकमा दुई देशबीचको सम्बन्धको महत्व र त्यसको भविष्यका सम्भावनाबारे गहिरो चर्चा गरिएको छ।

कार्यक्रमको सहजीकरण पत्रकार प्रताप श्रेष्ठले गरेका थिए।

Back to top