×

रौतहट।  विश्व दृष्टि दिवस २०८१ को अवसरमा नेपाल नेत्र ज्योती संघ गौर आँखा अस्पताल पुरेनवाले रौतहटको गरुडा स्थित बंशिराम जयसवाल अनाथालयमा रहेका बालबालिकाहरु र अन्य व्यक्तिहरुको निःशुल्क आँखा परीक्षण कार्यक्रम सम्पन्न गरेको छ। "आँखालाई माया गरौं" र "बालबालिकाको आँखाको विशेष ख्याल गरौं" भन्ने मूल नाराका साथ सम्पन्न यस कार्यक्रममा ३० जनाको आँखा परीक्षण गरिएको हो।

नेपाल नेत्र ज्योती संघ गौर आँखा अस्पताल पुरेनवाका कार्यक्रम संयोजक सत्येन्द्र पाण्डेका अनुसार परीक्षणमा संलग्न ३० जनामध्ये १० जनालाई चश्मा र ४ जनालाई औषधी वितरण गरिएको छ। साथै, अनाथालयका बालबालिकाहरुलाई अध्ययनमा सहयोग पुर्याउने उद्देश्यले स्टेशनरी सामग्री जस्तै कापी, कलम, पेन्सिल वितरण गरिएको उनले बताए।

"बंशिराम अनाथालयमा रहेका बालबालिकाहरुको आँखाको परीक्षण गराउन पाउँदा हामीलाई खुशी लागेको छ," पाण्डेले भने। "साथै, अध्ययनमा सहायक हुने सामग्री वितरण गरेर बालबालिकाको शैक्षिक विकासमा समेत सहयोग पुर्याउने प्रयास गरेका छौं।"

यस किसिमका मानवीय कार्यले अनाथ बालबालिकाहरुको जीवनस्तर सुधार्नमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको छ।

दृष्टि दिवस २०८१ को अवसरमा नेपाल नेत्र ज्योती संघ गौर आँखा अस्पताल पुरेनवाले रौतहटको गरुडा स्थित बंशिराम जयसवाल अनाथालयमा रहेका बालबालिकाहरु र अन्य व्यक्तिहरुको निःशुल्क आँखा परीक्षण कार्यक्रम सम्पन्न गरेको छ। "आँखालाई माया गरौं" र "बालबालिकाको आँखाको विशेष ख्याल गरौं" भन्ने मूल नाराका साथ सम्पन्न यस कार्यक्रममा ३० जनाको आँखा परीक्षण गरिएको हो।

Back to top