×

वीरगञ्ज । वीरगञ्जमा मैत्रीपुर्ण फुटबल प्रतियोगिता सम्पन्न भएको छ । प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय पर्साले वीरगञ्जको आदर्शनगर रंगशालामा आयोजना गरेको फुटबल प्रतियोगितामा नेपाल प्रहरी बिजयी भएको हो । 

लागुऔषध दुव्र्यसनीको क्षेत्रमा काम गर्ने रिकभरीङ्ग नेपाललाई शुन्यका विरुद्ध दुई गोलले पराजित गर्दै नेपाल प्रहरी बिजयी भएको हो । रिकभरीङ्ग नेपालको तर्फबाट पूर्व लागुऔषध सेवनकर्ताहरुले फुटबल खेलेका थिए । 

यसअघि शनिवार राखिएको प्रतियोगिता समय अभावका कारण र रात परेपछि गोलरहित अवस्थामा स्थगित गरिएको थियो । आदर्शनगर रंगशालामा बत्ती नबलेपछि अँध्यारोमा खेल्न कठीनाई हुँदा स्थगित भएको खेल आइतवार भएको थियो । 

नेपाल प्रहरी र रिकभरीङ्ग नेपालबीचको खेल अत्यन्तै प्रतिस्पर्धात्मक बनेको थियो । रिकभरीङ्ग नेपालले नेपाल प्रहरीलाई दबाबमा राखेपनि गोल भने गर्न सकेन । नेपाल प्रहरीले भने दुई गोल गर्दै विजेता बन्न सफल भयो । प्रतियोगितामा महेशसिंह धामीले इम्पायरको भूमिका निर्वाह गरेका थिए । 

विजेतालाई वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले कप, मेडल र प्रमाण पत्र प्रदान गरेका थिए भने उपविजेतालाई जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले कप, मेडल र प्रमाण पत्र प्रदान गरेका थिए । 

जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक कुमोद ढुङ्गेलको अध्यक्षतामा भएको प्रतियोगिताको समापन समारोहलाई सम्बोधन गर्दै वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंहले मैत्रीपूर्ण खेलकुदले मित्रता र भाइचाराको बृद्धि विकास गर्ने धारणा राखे । उनले यस्ता प्रतियोगितालाई निरन्तरता दिनुपर्नेमा जोड दिए । 

Back to top