×

साङ्केतिक तस्बिर ।

वीरगञ्ज । नेपाली बजारमा सोमबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबारको तुलनामा छापावाल सुनको मूल्य तोलामा ५०० रुपैयाँ घटेको हो । 

जसअनुसार सोमबार छापावाल सुनको मूल्य १ लाख ६० हजार ५०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन छापावाल सुन तोलामा १ लाख ६१ हजार रुपैयाँ कायम भएको थियो । 

यस्तै छापावाल सुन प्रति १० ग्राम १ लाख ३७ हजार ६०५ रुपैयाँ कायम भएको छ । 

महासङ्घका अनुसार सोमबार चाँदीको मूल्य भने तोलामा १ हजार ९८० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन भने चाँदी १ हजार ९८५ रुपैयाँ कायम भएको थियो । 

Back to top