×

वीरगञ्ज। सांग्रिला डेभलपमेन्ट बैंकले दशैँ बिदामा पनि बैंकिङ सेवा प्रदान गर्ने भएको छ । बैंकले दशैँ बिदाको समयमा खुला रहने काउन्टरको सूची सार्वजनिक गरेको हो ।

बैंकले सार्वजनिक बिदा रहेका असोज २४ गते फुलपाती, असोज २५ गते महाअष्टमी तथा महानवमी, असोज २७ गते एकादशी र असोज २८ गते द्वादशीका दिन पनि सेवा दिने भएको हो ।

यसदिन बैंकले बिहान ११ बजेदेखि अपरान्ह १ः३० बजेसम्म बैंकिङ सेवा दिने जनाएको छ । साथै दशैँ काउन्टर अवधिभर प्रत्येक खाताबाट एक दिनमा ५० हजार रुपैयाँ मात्रै झिक्न मिल्ने छ भने २ लाख रुपैयाँ जम्मा गर्न सकिने बैंकले जनाएको छ ।

Back to top