×

तस्बिर सौजन्य ।

वीरगञ्ज । आइसिसी महिला टी–२० विश्वकप क्रिकेटमा भारतले पाकिस्तानलाई ६ विकेटले पराजित गरेको छ । पाकिस्तानले प्रस्तुत गरेको १०६ रनको लक्ष्यलाई भारतले १८.५ ओभरमा ४ विकेट गुमाएर १०८ रन बनाउँदै सहजै जित हासिल गर्‍यो ।

भारतका लागि शेफाली वर्माले सर्वाधिक ३२ रन बनाइन्, भने पाकिस्तानकी फातिमा सानाले २ विकेट लिइन् । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ८ विकेट गुमाएर १०५ रन बनाएको थियो । पाकिस्तानका लागि निदा दारले २८ रन योगदान गरिन्, र भारतकी अरुन्धती रेड्डीले ३ विकेट लिइन् ।

त्यस्तै, हिजो सम्पन्न दोस्रो खेलमा वेस्ट इन्डिजले स्कटल्यान्डलाई ६ विकेटले हराएको छ । १०० रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले ११.४ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो । वेस्ट इन्डिजकी क्वीना जोशेफले सर्वाधिक ३१ रन बनाइन्, र स्कटल्यान्डकी अफि फ्लेचरले ३ विकेट लिइन् ।

स्कटल्यान्डले टस जितेर ब्याटिङ गर्दै २० ओभरमा ८ विकेट गुमाएर ९९ रन बनाएको थियो, जहाँ अइल्सा लिइष्टरले २६ रन बनाइन्, भने वेस्ट इन्डिजकी ओलिभिया बेलले २ विकेट लिइन् ।

Back to top