×

वीरगञ्ज । भारतले बङ्गलादेशविरुद्धको पहिलो टी–२० खेलमा ७ विकेटको जित दर्ता गरेको छ। आइतबार भारतको ग्वालियरमा सम्पन्न तीन खेलको सिरिज अन्तर्गतको पहिलो खेलमा भारतले बङ्गलादेशलाई पराजित गरेको हो।

टस हारेर पहिला ब्याटिङ्ग गरेको बङ्गलादेशले निर्धारित ओभरमा सबै विकेट गुमाउँदै १२७ रन बनायो। १२८ रनको लक्ष्य पछ्याउन मैदानमा उत्रेको भारतले मात्र ३ विकेट गुमाएर ११.५ ओभरमै जित हासिल गर्‍यो।

बङ्गलादेशका हसन मिराजले सर्वाधिक ३५ रन बनाए भने अन्य खेलाडीले उल्लेखनीय योगदान दिन सकेनन्। भारतका लागि हार्दिक पाण्ड्याले नट आउट रहँदै सर्वाधिक ३९ रन जोडे, सञ्जू सैमसन र सूर्यकुमार यादवले समान २९ रनको योगदान गरे।

बङ्गलादेशलाई कम स्कोरमै रोक्न भारतका अर्शदीप सिंह र वरुण चक्रवर्तीले समान ३-३ विकेट लिए।

Back to top