×

साङ्केतिक तस्बिर ।

वीरगञ्ज । हाल मधेस, कोसी, बागमती, गण्डकी, र लुम्बिनी प्रदेशमा मनसुनी वायुको प्रभाव रहेको छ भने कर्णाली र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुको प्रभाव देखिएको छ। साथै, पूर्वी र मध्य नेपालमा भारतको पश्चिम बङ्गालको उत्तर क्षेत्रमा विकसित न्यून चापीय प्रणालीको आंशिक प्रभाव छ ।

बागमती, गण्डकी, लुम्बिनी, र कर्णाली प्रदेशको पहाडी क्षेत्रहरूमा आंशिकदेखि सामान्य बदली रहेको छ, जबकि अन्य भू-भागमा आंशिक बदलीसँगै मौसम प्रायः सफा छ। कोसी, बागमती, गण्डकी, र कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो, देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोसी, बागमती, गण्डकी, र लुम्बिनी प्रदेशका केही स्थानमा र अन्य प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ ।

आज राति कोसी र मधेस प्रदेशसहित देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहन सक्छ, भने अन्य स्थानमा मौसम मुख्यतया सफा हुनेछ। कोसी, मधेस, र बागमती प्रदेशका केही स्थानमा र अन्य प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ ।

आगामी २४ घण्टामा कोसी, गण्डकी, लुम्बिनी, र कर्णाली प्रदेशका केही स्थानमा र अन्य प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक, र हवाई यातायातमा सम्भावित असरलाई मध्यनजर गर्दै सतर्कता अपनाउन मौसम विभागले अनुरोध गरेको छ ।

Back to top