×

काठमाडौं । गायक सुर्य भुजेल र गायिका नित्या शिवाको स्वर रहेको गीत ‘तिम्रै हुने मन छ’को भिडियो सार्वजनिक भएको छ । गीतमा शंकर अधिकारी ‘घायल’को शब्द तथा पुरुषोत्तम न्यौपानेको संगीत र एरेन्ज तथा राजीव शाहको मिक्सिङ र मास्टरिङ छ ।

सञ्चारकर्मी कुमार आचार्य निर्देशित भिडियोमा सलोन बस्नेत, सिमोन गिरी र नरेश पौडेल फिचर्ड छन् । गीतमा पुरानो समयको प्रेमकथा देखाइएको छ । सलोन र सिमोनको रोमान्स देखाइएको भिडियोमा नरेशलाई सिमोनको बुवाका रुपमा प्रस्तुत गरिएको छ । उनलाई सलोन र सिमोनको प्रेमको विरोधीका रुपमा देखाइएको छ ।

ओएसआर डिजिटलबाट सार्वजनिक भिडियोमा सुरेश पाण्डेको कोरियोग्राफी, इश्वर सिंकेमनको सिनेमाटोग्राफी, सौरभ लामाको डिओपी, बन्दे प्रसादको सम्पादन, प्रविण ढकालका कलर, राकेश दाहालको पोस्टर डिजाइन, केवलमान सिंह बस्नेतको प्रोडक्सन, प्रिज्मा श्रेष्ठ र रितु श्रेष्ठको मेकअप छ । भिडियोको पोस्ट प्रोडक्सन मुभी पोइन्टमा भएको हो ।

भिडियो लिंक

 

Back to top