×

साङ्केतिक तस्बिर ।

वीरगञ्ज । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा तीन सय रुपैयाँले घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, शुक्रबार प्रतितोला एक लाख ६१ हजार तीन सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आजका लागि भने एक लाख ६१ हजार रुपैयाँ निर्धारण भएको छ ।

यस्तै, चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले बढेको छ । शुक्रबार प्रतितोला एक हजार नौ सय ८० रुपैयाँमा कारोबार भएको चाँदी आजका लागि भने एक हजार नौ सय ८५ रुपैयाँमा कारोबार हुने गरी निर्धारण भएको छ । 

Back to top