×

कर्मचारीतन्त्र र राजनीति वरपर केन्द्रीत रहेर बनेको चलचित्र ‘छक्कापञ्जा ५’ को ट्रेलर सार्वजनिक भएको छ। आगामी असोज २४ गते फूलपातीको दिन पारेर प्रदर्शन हुन लागेको चलचित्रको शनिबार साँझ ट्रेलर सार्वजनिक भएको हो। 

छक्का पञ्जाकोे यो श्रृङ्खलामा दीपकराज गिरी राजा पात्रको भूमिकामा छन्। केदार घिमिरे माग्ने बुढाको भूमिकामा छन्। शीर्ष अभिनेत्रीको भूमिकामा वर्षा सिवाकोटी छिन्। 

यसअघि लुकाइएका फिल्मका अन्य कलाकार ट्रेलरमार्फत जानकारी दिइएको छ।

फिल्ममा दीपकराज, केदार र वर्षाका साथमा निर्मल शर्मा, राजाराम पौडेल, रमेश बुढाथोकी, प्रकाश घिमिरे, नरेन्द्र थापा, उत्तम केसी, ब्रजेश खनाल, हिउँवाला गौतम, नवीन श्रेष्ठ, दमन रूपाखेती, लोकेन्द्र लेखक लगायत कलाकारहरूको अभिनय छ।

सोसल–कमेडी जनराको ‘छक्का पञ्जा’ को यो शृंखलालाई दीपाश्री निरौलाले निर्देशन गरेकी हुन्।

ट्रेलर हेर्न यहाँ क्लिक गर्नुहोस ।

Back to top