×

बारा। समावेसी न्याय र समृद्ध समाजको दुरदृष्टिका साथ अघि बढिरहेको दलित जनजाति उत्थान केन्द्र बाराको २२औं वार्षिक साधारणसभा कलैया स्थित करण राज पार्टी प्यालेसको सभाहलमा सम्पन्न भएको छ।

कार्यक्रमका प्रमुख अतिथि कलैया उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नाथु साहले संस्थाको सफलताको शुभकामना दिँदै, संस्थाको प्रगतिको लागि सहकार्य गर्न तयार रहेको बताए।

उनले संस्थाले पछिल्लो पाँच वर्षदेखि वैदेशिक रोजगारीमा गएकाहरूको हकमा काम गरेकोमा आफू सन्तुष्ट भएको र आगामी दिनमा यसमा अझ राम्रो काम गर्न उपमहानगरपालिका तयार रहेको बताए। साहले "धर्ती रहेसम्म संस्था प्रगति गरिरहोस्" भन्ने कामना पनि व्यक्त गरे।

संस्थाका कोषाध्यक्ष हरिशंकर रामले साधारणसभामा संस्थाको आय–व्यय विवरण प्रस्तुत गरे भने, संस्थाकी अध्यक्ष बबिता देवी रामको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सामी हेल्भेटासका कार्यक्रम अधिकृत शिवचरण रौनियार, कलैया उपमहानगरपालिकाको वडा नं. ६ का वडा सदस्य निजामुदिन हवारी, ओमप्रकाश ठाकुर, कुन्दन कुमार राम, कन्हैया ठाकुर, मनिष कुमार, प्रमशिला राम, उर्मिला कुमारी, सपना ठाकुर, रभावती देवी ठाकुर, सोनी कुमारी लगायतकाको उपस्थिति रहेको थियो।

कार्यक्रमको संचालन रामबाबु सिंहले गरेका थिए भने, स्वागत मन्तव्य ओमप्रकाश ठाकुरले व्यक्त गरेका थिए।

Back to top