×

वीरगञ्ज। हरेक वर्ष जस्तै, यस वर्ष पनि लायन्स इन्टरनेशनलले दसैँको उपलक्ष्यमा वीरगञ्जस्थित गहवा माई मन्दिरको प्राङ्गणमा प्रसाद वितरण कार्यक्रम सम्पन्न गरेको छ।

लायन्स क्लब वीरगन्ज परिवार, लायन्स क्लब वीरगन्ज कुटुम्ब, लायन्स क्लब वीरगन्ज फ्रेन्ड्स जुन र लायन्स क्लब वीरगन्ज एकसिलेन्सको संयुक्त आयोजनामा करिब  ३ सय भन्दा वडी जनालाई प्रसाद वितरण गरिएको थियो।

यस अवसरमा लायन्स क्लब वीरगन्ज परिवारका अध्यक्ष भानुभक्त अधिकारी, लायन्स क्लब वीरगन्ज कुटुम्बका अध्यक्ष रिना रौनियार, लायन्स क्लब वीरगन्ज फ्रेन्ड्स जुनका अध्यक्ष श्रवण गुप्ता, र लायन्स क्लब वीरगन्ज एकसिलेन्सका अध्यक्ष डा. मनोज उपाध्याय लगायतका प्रमुख व्यक्तिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा यस एरिया ३ का एरिया चिफ श्याम गुप्ता, डिस्ट्रीकका एक्ज्युटिभ चिफ बासु तिमलसिना, डिस्ट्रीकको चिफ एड्भाइजर बिजया ओझैया, र अन्य विभिन्न सदस्यहरू पनि उपस्थित थिए।

लायन्स क्लबका सबै सदस्यहरूले यस महत्त्वपूर्ण चाडको अवसरमा सहयोग र सामुदायिक सेवामा सक्रिय रहन पाएकोमा खुसी व्यक्त गरे।

यस कार्यक्रमले स्थानीय समुदायमा भाइचारा र सहयोगको भावना अझ प्रगाढ बनाउने विश्वास गरिएको छ।

Back to top