×

वीरगञ्ज। राउण्ड टेबल नेपालले नेपाली युवा उद्यमी मञ्च वीरगञ्ज (एनवइईएफ वीरगञ्ज) सँगको सहकार्यमा आयोजना गरेको रक्तदान कार्यक्रममा २३ जना दाताले रक्तदान गरेका छन्।

आदर्शनगरस्थित राणीसती अतिथि सदनमा आयोजित यस रक्तदान कार्यक्रममा २३ जना पुरुषले आफ्नो रगत दान गरेका हुन् ।

रक्तदान गर्नेहरूमध्ये विकास ठाकुर, विकास यादव, रुपेश राउत, राहुल कुशवाहा, सन्जय बैठा, रविन ढुंगेल, रामहरि रिमाल, दिपेन्द्र मल्ल, शिवपुजन महतो, शैलेष साह, बाबुनन्द पटेल, युगेश श्रेष्ठ, सुमन कुमार गुप्ता, हरि शर्मा, नितिक शाह, दिपक अग्रवाल, मुकेश गुप्ता, रामबाबु चौधरी लगायतका व्यक्ति रहेका छन् ।

वीरगञ्जस्थित रक्त सञ्चार केन्द्रका प्राविधिक प्रमुख सौरभराज पाण्डेका अनुसार रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको हो । कार्यक्रममा राउण्ड टेबल नेपालका आकाश सर्राफ, एनवाईइएफ वीरगञ्ज च्याप्टरका सदस्यहरू, वीरगञ्ज फ्रेन्ड्स राउण्ड टेबलका पदाधिकारी तथा सदस्यहरूको पनि उपस्थिति थियो।

रक्तदान जस्तो समाज सेवामा संलग्न दाताहरूले आफ्नो योगदान दिएर समाजको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ।

Back to top