×

वीरगञ्ज । वीरगञ्जस्थित घडिअर्वा पोखरी पार्कमा शनिवार आयोजित निःशुल्क स्वास्थ्य जाँच शिविर सफलतापूर्वक सम्पन्न भएको छ।

दसैँ तथा दीपावलीको अवसरमा रोटरेक्ट क्लब अफ युनाइटेड वीरगञ्ज र मधुमेह केयरको सहकार्यमा आयोजित यस शिविरमा १८० जना बिरामीहरूको स्वास्थ्य परीक्षण गरिएको थियो।

रोटरेक्ट क्लब अफ युनाइटेड वीरगञ्जका अध्यक्ष सौरभ बर्णवालको अध्यक्षतामा सम्पन्न शिविरमा नारायणी क्षेत्रीय अस्पताल, वीरगञ्जका वरिष्ठ फिजिसियन डा. नीरज कुमार सिंहले मधुमेह र रक्तचाप सम्बन्धी स्वास्थ्य परीक्षण गरेका थिए। साथै, नेपाल फर्माले बिरामीहरूलाई निःशुल्क औषधि वितरण गरेको थियो।

स्वास्थ्य शिविरमा रोटरेक्ट क्लबका सदस्यहरू रजिश चौधरी, रोशनी भट्टराई, सुजल ठाकुर, ईशा अग्रवाल, अर्चि सर्राफ, आशिष भट्टराई, शर्मिला भण्डारी, डिकेश यादव, र बादल कर्णको उपस्थिति रहेको थियो। कार्यक्रमको बारेमा जानकारी गराउँदै क्लबका सचिव सङ्गम पण्डितले यस्ता कार्यक्रमहरूले समाजमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्न मद्दत पुर्‍याउने बताएका छन् ।

 

 

Back to top