×

सर्लाही। सर्लाहीमा खोलामा डुबेर एक बालकको मृत्यू भएको छ । मृत्यू हुनेमा चक्रघटा गाउँपालिका वार्ड ४ गोनर्वा निवासी सुरेन्द्र भण्डारीको १२ बर्षिय छोरा चन्दन भण्डारी रहेको प्रहरीले जनाएका छन ।

गाउँकै नजिकमा रहेका भाझ खोलामा स्थानिय बालकहरुसंग पौडी खेल्न गएका भण्डारी डुबेपछि स्थानियको सहयोगमा पानी बाहिर निकालिएका थिए । 

प्रहरीलाई घटनाबारे जानकारी हुनेबित्तिकै घटनास्थलमा पुगेको इलाका प्रहरी कार्यालय हिरापुरका इन्चार्ज महिन्द्र चौधरीले जानकारी दिए । 
प्रहरी टोलि घटनास्थलमा पुग्दा स्थानियले मृतक बालकलाई पानीबाट बाहिर निकालि सकेका थिए, इन्चार्ज चौधरीले भने । 

हामीले तुरुन्तै नजिक रहेको सशस्त्र प्रहरी वेश क्याम्प बसबरियालाई घटना स्थलमा गोताखोर सहितको टोलि लिएर पुग्न जानकारी समेत गराएको उहाँको भनाई छ । 

यता सशस्त्र प्रहरी वेश क्याम्प बसबरियाको गाडीमा डुबेका बालकलाई प्राथमिक उपचारका लागि बरहथवा स्थित सर्लाही गोल्डेन अस्पतालमा पुर्याएको सशस्त्र प्रहरी निरिक्षक प्रेम सिंह धामीले जानकारी दिए ।

चिकित्सकले बालकलाई मृतक घोषणा गरेपछि पोष्टमार्टमका लागि मलंगवा स्थित प्रादेशिक अस्पताल पठाईएको प्रहरीले जनाएका छन ।

Back to top