×

वीरगञ्ज। वीरगञ्जमा स्टडी ल्याण्ड एजुकेशन फाउण्डेशन (परामर्श केन्द्र) औपचारिक रूपमा संचालनमा आएको छ। कुमु प्यालेस होटेलको सामुन्ने रहेको उक्त फाउण्डेशनको आज एक विशेष कार्यक्रमबीच नेकपा एमाले पर्साका अध्यक्ष विश्वम्भर शर्माले उद्घाटन गरे।

स्टडी ल्याण्ड एजुकेशन फाउण्डेशनका संचालक अमन पटेलले नेपाली विद्यार्थीहरूलाई विदेशमा उच्च शिक्षा अध्ययनका क्रममा आइपर्ने विभिन्न समस्या समाधान गर्न फाउण्डेशनले सहयोग गर्ने बताएका छन्। लामो समयदेखि शैक्षिक परामर्श क्षेत्रमा सक्रिय पटेलले थोरै लगानीमा उच्च शिक्षाका लागि विदेश जाने इच्छुक विद्यार्थीहरूलाई फाउण्डेशनले महत्वपूर्ण सहयोग गर्ने विश्वास व्यक्त गरे।

फाउण्डेशनले अमेरिका, क्यानाडा, युके, अष्ट्रेलिया, र न्युजिल्याण्डजस्ता मुलुकमा उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई परामर्श र भिसा प्रक्रियामा सहयोग गर्नेछ। पटेलका अनुसार, यहाँ दक्ष कन्सल्ट्यान्टहरूबाट विद्यार्थीहरूलाई आवश्यक परामर्श प्रदान गरिनुका साथै, अनुभवी प्रशिक्षकहरूबाट आईईएलटिएस र पिटिई (PTE) तयारी कक्षाहरू पनि संचालन हुनेछन्।

उद्घाटन समारोहमा एमाले पर्साका जिल्ला सचिव महेश दास, नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष युराज खड्का, ओबीसी महासंघका केन्द्रीय उपाध्यक्ष अकलेश साह, युवा नेता मनोज साह, संदिप श्रेष्ठ, सागर श्रेष्ठ लगायतका व्यक्तिहरूको उपस्थिति थियो।

फाउण्डेशनले विद्यार्थीहरूको शैक्षिक यात्रालाई थप सहज र सफल बनाउन अहं भूमिका खेल्ने अपेक्षा गरिएको छ।

Back to top