×

वीरगञ्ज। पोखरिया नगरपालिकाले खुला शौचविरुद्धको अभियानलाई तीव्र बनाउँदै तीन दिनभित्र १९ जनालाई कारबाही गरेको छ।

नगरप्रहरी प्रमुख दिनेश चौहानका अनुसार असोज १६ गतेदेखि सुरू भएको अभियानमा अहिलेसम्म नगरपालिकाले खुला शौच गर्ने विरुद्ध कडा कदम चालेको छ।

नगरपालिकाले पहिलो दिन ८ जना, दोस्रो दिन ६ जना, र तेस्रो दिन पाँचजनालाई कारबाही गरेको छ। यस क्रममा जम्मा ९,५०० रुपैयाँ राजस्व संकलन गरिएको नगरप्रहरी प्रमुख चौहानले जानकारी दिए।

खुला शौचविरुद्ध बिहान र बेलुका दुई पटक अभियान सञ्चालन गरिएको बताउँदै, नगरप्रहरी प्रमुखले नागरिकलाई शौचालयको प्रयोगमा सजग बनाउन यस्ता अभियान निरन्तर रूपमा जारी राखिने जनाएका छन्।

Back to top