×

रौतहट। रौतहट जिल्लाको कटहरिया नगरपालिका–१ भसेढवा स्थित लालबकैया नदी किनारमा एक अज्ञात युवकको शव फेला परेको छ। शवको पहिचान भने हालसम्म खुल्न सकेको छैन।

प्रहरीका अनुसार अन्दाजी ४५ वर्षको देखिने पुरुषको शव बालुवामा पुरिएको अवस्थामा शुक्रवार साँझ फेला परेको हो। शवलाई सशस्त्र प्रहरी बल नेपाल फर्वाड सुरक्षा वेश जंगलशैया र प्रहरी चौकी हरिनगरको संयुक्त टोलीले प्रादेशिक अस्पताल गौर पठाएको छ, जहाँ शवको पोस्टमार्टम गरिनेछ।

सशस्त्र प्रहरी बलका एसपी बिक्रम हुमागाईंले शवको अवस्थाले केही दिन अघि नदीमा आएको बाढीले बगाएर ल्याएको अनुमान गरेका छन्। घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको र यसबारे सत्यतथ्य पत्ता लगाउन प्रहरी टोलीले प्रयास गरिरहेको जानकारी दिएको छ।

Back to top