×

साङ्केतिक तस्बिर ।

वीरगञ्ज । आज बिहान कोसी र लुम्बिनी प्रदेशका एक दुई स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार कोसी, वाग्मती, गण्डकी, र लुम्बिनी प्रदेशमा आंशिक बदलीको अवस्था रहेको छ, जबकि बाँकी भूभागमा मौसम मुख्यतया सफा छ ।

दिउँसोको समयमा कोसी, मधेस, वाग्मती, र गण्डकी प्रदेशमा आंशिकदेखि साधरणतया बदली रहनेछ, भने अन्य क्षेत्रहरूमा मौसम आंशिक बदली देखि मुख्यतया सफा हुने अपेक्षा गरिएको छ । साथै, कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना पनि रहेको छ ।

रातको समयमा पनि कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि साधरणतया बदलीको अवस्था रहनेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

देशभर मनसुनी वायुको प्रभाव भइरहेको छ, जसले गर्दा मौसममा परिवर्तन आउने सम्भावना देखिन्छ । विभागले बताएको अनुसार, पूर्वी र मध्य भागमा बङ्गलादेशको उत्तरी भूभाग र भारतको पश्चिम बङ्गाल आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभावले पनि मौसममा प्रभाव पारिरहेको छ ।

यसै कारण, यात्रु र सर्वसाधारणलाई मौसम परिवर्तनको जानकारी राख्न र आवश्यक सावधानी अपनाउन सुझाव दिइएको छ ।

Back to top