×

रौतहट। रौतहट प्रहरीले मटर लोड गरिएको पिकअप गाडीलाई नियन्त्रणमा लिई चालकलाई आवश्यक कारवाहीका लागि आन्तरिक राजस्व, करदाता कार्यालय गौरको जिम्मा लगाएको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटले बिहीवार जारी गरेको प्रेस विज्ञप्तिका अनुसार, बुधवार दिउँसो २:४५ बजे इलाका प्रहरी कार्यालय शिवनगरबाट खटिएको प्रहरी गस्ती टोलीले गरुडा नगरपालिका वडा नम्बर ५ मा शंका लागेर ना.५च. ३३८४ नम्बरको पिकअप गाडीलाई रोकी चेकजाँच गर्दा गाडीमा मटर (केराउ) लोड भए पनि आवश्यक बिलबिजक नपाइएको र चालकले पनि स्पष्ट जवाफ दिन नसकेपछि गाडीलाई नियन्त्रणमा लिइएको हो।

पक्राउ परेका पिकअप चालक गुजरा नगरपालिका वडा नम्बर १, मनहरवाका २१ वर्षीय विश्वजित चौधरी रहेका छन्। पक्राउ गरिएका गाडी र मटरलाई आवश्यक कारवाहीका लागि आन्तरिक राजस्व करदाता कार्यालय गौरको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रामकुमार महतोले जानकारी दिए।

प्रहरीले यस्तो घटनामा कानुनी कारवाही अगाडि बढाउने उद्देश्यले आवश्यक अनुसन्धान भइरहेको समेत बताएको छ।

Back to top