×

वीरगञ्ज । वीरगञ्ज उद्योग वाणिज्य संघले विजया दशमी, तिहार, र छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । संघका अध्यक्ष अनिल कुमार अग्रवालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमले स्थानीय उद्योगी व्यवसायी, राजनीतिक प्रतिनिधि, र पत्रकारहरूबीच पर्वको शुभकामना आदानप्रदानको अवसर जुटाएको हो ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका अध्यक्ष अशोक टेमानी, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य डा. सुवोध कुमार गुप्ता, संघका वरिष्ठ उपाध्यक्ष हरि गौतम, उपाध्यक्ष माधब राजपाल र मनोज दासलगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो । 

साथै, जनमत पार्टी पर्साका संयोजक ओमप्रकाश सर्राफल, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रचार प्रसार विभागका मधेश प्रदेश प्रमुख राम सर्राफ, बाइपास दैनिकका प्रबन्ध निर्देशक धिरज दारुका लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू र पत्रकारहरूले पनि कार्यक्रममा सहभागिता जनाएका थिए ।

कार्यक्रमको दौरान दशैं, तिहार, र छठ पर्वको महत्त्वलाई उजागर गर्दै देशभर शान्ति, समृद्धि, र भाइचारा कायम रहोस् भन्ने शुभकामना आदानप्रदान गरिएको थियो । उपस्थित वक्ताहरूले आगामी दिनमा व्यवसायिक क्षेत्रको प्रगति र सामाजिक सद्भावका लागि यस्ता कार्यक्रमले सकारात्मक भूमिका खेल्ने धारणा राखे ।

वीरगञ्ज उद्योग वाणिज्य संघले हरेक वर्ष यस्ता पर्वहरूको अवसरमा समुदायबीच भाइचारा र सहकार्यलाई प्रवर्द्धन गर्ने उद्देश्यले शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्दै आइरहेको छ ।
 

Back to top