×

वीरगञ्ज । आज बडा दसैँको पहिलो दिन घटस्थापनाको अवसरमा “इनकार नाम गहवा माई” बोलको भोजपुरी गीत सार्वजनिक भएको छ । 

वीरगञ्जका स्थानीय कलाकारहरू चन्दन प्रजापतिको आवाजमा रहेको गीतको भिडियो सार्वजनिक भएको हो । भोजपुरी साहित्यकार आमोद गुप्ताले लेखेको गीतलाई मुन्ना मुस्कानले संगीत दिएका छन् । 

गीतको भिडियोमा पत्रकार विमला गुप्ता र दिवेश शर्माले अभिनय गरेका छन् । वीरगञ्जस्थित ऐतिहासिक गहवामाई मन्दिर र यस मन्दिरको सांस्कृतिक महत्त्वलाई भिडियोले उजागर गरेको छ । भिडियोको छायांकन, इडिट र निर्देशन विकास प्रजापतीले गरेका हुन् । 

गहवामाई मन्दिर वीरगञ्जको प्रमुख धार्मिक स्थलहरूमध्ये एक हो, जहाँ हरेक वर्ष लाखौँ भक्तजन विशेष गरी दसैँको समयमा देवी गहवामाईको पूजा गर्न आउँछन् । गहवामाईलाई शक्तिको प्रतीकका रूपमा पूजा गरिन्छ । यो मन्दिरले धार्मिक तथा सांस्कृतिक रूपमा वीरगञ्ज क्षेत्रको महत्त्वलाई अझ उचाइमा पु-याएको छ । 

गीतमा पनि सोही मन्दिरको सांस्कृतिक र धार्मिक विशेषता समेटिएको छ, जसले स्थानीय पहिचान र आस्थालाई झल्काउँछ । कलाकारहरूका अनुसार गीतले धार्मिक र सांस्कृतिक महत्त्वलाई सँगालेर विशेष सन्देश दिन खोजेको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ।


 

Back to top