×

चर्चित रियालिटी शो बिग बोस–१८ अक्टोबर ६ देखि सुरु हुँदैछ । शोमा आउन सक्ने प्रतियोगीका विभिन्न नामहरू सार्वजनिक भइरहेका छन् ।

यस सिजनमा टिभी अभिनेत्री निया शर्मा भाग लिने पक्कापक्की भइसकेको छ । उनी सुहागन चुडैल, एक हजारोँ मे मेरी बहना हे र नागिनका लागि चर्चित छिन् । भारतीय मिडियाका अनुसार उनी यो सिजनकी सबैभन्दा महँगो प्रतियोगी हुनेछिन् ।

रिपोर्टका अनुसार शर्माले बिग बोसको घरमा बस्ने हरेक दिनका लागि ५ लाख ४० हजार भारतीय रुपैयाँ पाउनेछन् । उनले हरेक हप्ता ३७ लाख ८० हजार भारु प्राप्त गर्नेछिन् । यद्यपि, उनले बिग बोससँग मात्र १५ दिनको करारमा हस्ताक्षर गरेकी छिन् । 

नियाबाहेक अभिनेता धीरज धूपर, अभिनेत्री सुरभि ज्योति, अभिनेता शहजाद धामी, शोएब इब्राहिम र नायरा बनर्जी पनि शोमा सहभागी हुने बताइएको छ ।

त्यस्तै, बलिउड अभिनेत्री समीरा रेड्डी, उर्मिला मातोन्डकर र शिल्पा शिरोडकरको नाम पनि चर्चामा छ ।

Back to top