×

यो वर्ष बलिउडमा कयौँ फिल्म आए । अजय देवगनको शैतानदेखि प्रभासको कल्कीसम्म सबैले बक्स अफिसमा आफ्नो झन्डा गाडे । तर अगस्ट महीनामा आएको एउटा फिल्मले अहिले पनि शानदार कमाई गरिरहेको छ । यो फिल्मले बलिउडका कस्ता कस्ता सुपरस्टारको रेकर्डलाई तोडिदिएको छ । 

यो फिल्म श्रद्धा कपुर र राजकुमार राजको स्त्री–२ हो । हरर –कमेडी विधाको यो फिल्म यी दुईबाहेक अपारशक्ति खुराना, पंकज त्रिपाठी र अभिषेक बनर्जी जस्ता कलाकार रहेका छन् । गएको ४८ दिनदेखि स्त्री–२ ले बक्स अफिसमा बम्पर कमाई गरिरहेको छ ।

स्त्री २ अगस्ट १५ मा रिलिज भएको थियो । रोचक कुरा त के रह्यो भने फिल्मले रिलिजको पहिलो दिन नै आफ्नो लागत उठाएको थियो । यो आफैँ पनि फिल्मका लागि ठुलो रेकर्ड हो । मेकरहरुले यो फिल्म बनाउन ६० करोड भारु खर्चेका थिए । तर  रिलिजकै दिन फिल्मले बक्स अफिसमा इतिहास रचिदियो । ओपनिङ डेमा फिल्मले बजेटभन्दा धेरै कमाएको थियो । भारतमा फिल्मको बक्स अफिस ग्रस कलेक्सन पहिलो दिन ७६ करोड ५० लाख भारु थियो ।

बलिउड हंगामाको रिपोर्टलाई पत्याउने हो भने स्त्री–२ ले भारतभरमा ७२७ करोड ८७ लाख भारुको व्यापार गरेको छ । विश्वभर यसको कमाई ८५० करोड भारु नाघेको छ । अहिलेसम्म फिल्मको वल्र्डवाइड कलेक्शन ८६२ करोड १७ लाख भारु पुगेको छ । 

स्त्री–२ ६०० करोड क्लब शुरुआत गर्ने पहिलो भारतीय फिल्म पनि हो । हलबाट नउत्रिँदै फिल्म ओटीटीमा पनि प्रदर्शन भइरहेको छ । आईएमडीबीले स्त्री–२ लाई १० मध्ये ७ दशमलव ४  रेटिङ दिएको छ ।

Back to top