×

इजरायली सेना (आईडीएफ) ले इरानले मंगलबार राति इजरायलमा मिसाइल आक्रमण गरेको दाबी गरेको छ। इजरायली सेनाले इजरायलीहरूलाई सतर्क रहन र होम फ्रन्ट कमान्डको निर्देशन पालना गर्न आग्रह गरेको छ।

साइरन सुन्नेबित्तिकै सुरक्षित स्थानमा सर्न र अर्को सूचना नआएसम्म त्यहीँ बस्न नागरिकलाई भनिएको छ। बीबीसीका अनुसार यसअघि तेल अभिभमा गोली चलेको आवाज सुनिएको थियो। प्रहरी प्रवक्ताका अनुसार यस घटनामा धेरै मानिस घाइते भएका छन्।

यसअघि अमेरिकाले इरानबाट आक्रमण हुन सक्ने बताएको थियो। यसैबीच, इजरायलले लेबनानमा हिजबुल्लाह विरुद्ध जमिन आक्रमण गरिरहेको छ।

Back to top