×

सांकेतिक तस्वीर

वीरगञ्ज । नेपाली बजारमा मङ्गलवार पनि सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।

आज सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेर तोलाको एक लाख ६० हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

सोमबार सुनको मूल्य एक लाख ६० हजार ५ सयमा कारोबार भएको थियो । 

त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य १५ रुपैयाँले घटेर १९२५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
 

Back to top