×

वीरगञ्ज । तीन दिनदेखि भइरहेको अविरल वर्षाका कारण ग्रामिण भेगका प्रमुख नदीहरू जस्तै ओरिया, सिकटा, तिलावे, भेडहा, भलुवाही र ढोङ्गही नदीहरूमा बाढी आएको छ। बाढीका कारण जनता सडक, थरुहट सडक, तथा मुख्री बाटोलगायतका मुख्य सडकहरूमा आवतजावत बन्द भएको छ। अति आवश्यक काम परे पनि सर्वसाधारणलाई आवतजावतमा ठूलो कठिनाइ भइरहेको छ।

यस आपतकालीन अवस्थालाई मध्यनजर गर्दै इलाका प्रहरी कार्यालय पटेर्वासुगौलिका प्रहरी निरीक्षक मोहन जङ्ग बुढा थापाले सखुवा प्रसौनी गाउँपालिकाको वडा नं. २ औराहा पचगावाको बजार, पटेर्वासुगौली-२, रङ्गपुरटाडीमा आम जनतालाई सतर्क रहन र सुरक्षा उपाय अपनाउन सुझाव दिएका छन्। उनले विशेष गरी घरबाट बाहिर ननिस्कन, छोराछोरीलाई सुरक्षित राख्न र आपत्कालीन अवस्थामा प्रहरीलाई तुरुन्त जानकारी गराउन अनुरोध गरेका छन्।

प्रनि थापाले यस्तो जोखिमपूर्ण अवस्थामा लामो दूरीको यात्रा नगर्न र नदी तथा खोलानजिक नजान आग्रह गरेका छन्। उनले माछा मार्न र नदिबाट दाउरा निकाल्न जानेलाई सचेत गर्दै जोखिमपूर्ण क्षेत्रमा जानबाट रोक्न स्थानियस्तरमा अभियानसमेत सञ्चालन गरेका छन्।

नदीहरूमा बाढीको अवस्थालाई ध्यानमा राख्दै कुनै प्रकारको घटना भएमा तुरुन्तै प्रहरीलाई जानकारी दिन आग्रह गरिएको छ।

 

 

 

 

Back to top