×

भारतबाट यसपटक ओस्कारमा आधिकारिक रूपमा किरण रावको लापता लेडिजलाई पठाइएको छ । सोमबार फिल्म महासङ्घले यसबारे जानकारी दिएको हो । 

निर्देशक किरण रावलै निर्देशन गरेको उक्त फिल्म सर्वश्रेष्ठ विदेशी फिल्मको कोटीमा मनोनीत गरिएको हो । जानू बरुआको नेतृत्वको १३ जना सदस्य रहेको छनौट समितिले ओस्कारका लागि २९ वटा फिल्मको सूचीबाट यो फिल्मलाई रोजेको हो ।

यसमा १२ वटा हिन्दी, ६ तमिल र ४ मलयालम फिल्म थिए । यी फिल्महरू पछाडि छाड्दै लापता लेडिज ओस्करमा भारतको तर्फबाट आधिकारिक एन्ट्री बनेको छ । नितान्शी गोयल, प्रतिभा रान्टा स्पर्श श्रीवास्तव र रवि किशनको शीर्ष भूमिका रहेको यो फिल्म ग्रामीण पृष्ठभूमिका महिलाहरूको जीवनमा आधारित छ । 

Back to top