×

प्रधानमन्त्री केपी शर्मा ओली र  फिनल्ययान्डका राष्ट्रपति अलेक्जेण्डर स्टबबीच भेटवार्ता भएको छ । उनीहरुबीच राष्ट्रसङ्घको मुख्यालयमा भेटवार्ता भएको उनको सचिवालयले जनाएको छ।

यो भेटमा अवसरमा प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल, राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगका प्रमुख लोकबहादुर थापालगायत पनि सहभागी थिए। 

संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन प्रधानमन्त्री ओली न्युयोर्क गएका हुन्।

Back to top