×

वीरगञ्ज। पर्सा प्रहरीले ५८ लाख ८६ हजार ३० बराबरको अवैध मालसामान लोड गरिएको ट्रक नियन्त्रणमा लिएको छ । वीरगञ्ज महानगरपालिका–२५ स्थित आईसिपी चोकमा बा ३ ख ९८४५ नम्बरको मालबाहक ट्रकलाई चेकजाँच गर्ने क्रममा प्रहरी टोलीले उक्त ट्रकलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार वीरगञ्जबाट काठमाडौँतर्फ गइरहेको उक्त ट्रकमा लोड भएका मालसामानहरूमा विभिन्न कस्मेटिक सामानहरू समावेश थिए, जसको बिल तथा बिजकभन्दा बढी मूल्यका सामानहरू रहेका थिए।

पक्राउ परेका सामानहरू र ट्रकलाई थप अनुसन्धान र कारबाहीको लागि राजस्व अनुसन्धान कार्यालय, पथलैया, बारामा बुझाइएको पर्सा प्रहरी प्रवक्ता डिएसपी दीपक भारतीले जानकारी दिएका छन्।

प्रहरीले अवैध सामानको ओसारपसार नियन्त्रण गर्न कडा कदम चालेको जनाएको छ, जसले गर्दा राजस्व चुहावटलाई न्यून गर्न मद्दत पुगेको छ।

Back to top