×

संघिय मामिला तथा समान्य प्रशासन मंन्त्री राजकुमार गुप्ताले आफ्नो पार्टी विचारमा प्रष्ट रहेको र सबल सङ्गठनका कारण नेता र नेतृत्व वीच समन्वय र सहकार्य रहेको बताएका छन । नेकपा एमाले मधेश प्रदेश कमिटीको आयोजना एवंम जिल्ला कमिटी पर्साको सहजिकरणमा पार्टी निमाण र शुद्धिकरणको लागि आयोजित अन्तरक्रिया कार्यक्रममा नेकपा  एमाले जनआधारित कार्यकर्ता पार्टी रहेका कारण विपक्षीहरू भन्दा सक्षम रहेको मन्त्री गुप्ताले दावी गरे ।

एमालेको कार्यकर्ता पङ्क्ति मुलुकका दलमध्ये सबैभन्दा बलियो रहेको उनको भनाइ थियो । उनले एमाले कार्यकर्ता ढुंगाबाट शालिग्राम बन्ने प्रक्रियामा रहेको बताए । पार्टी बन्न नेतृत्व चाहिने र सुविचारित र सुस्पष्ट दृष्टिकोणसहितको नेतृत्वबाट मात्र पार्टीले गति लिने उनको विचार थियो ।

पार्टीले संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ र जनताको बहुदलीय जनवादका प्रणेता मदन भण्डारी लगायतका नेताहरूको योगदान रहेको र पार्टी विभिन्न विचार शृङ्खला पार गर्दै अगाडि बढिरहेको मन्त्री गुप्ताले बताए ।

एमाले जनआन्दोलन र जनपरिचालनका माध्यमबाट अघि बढिरहेको छ । उनले भने, “जनआन्दोलन भनेको जनवर्गीय संगठनका माग र मुद्दालाई साथ र सहयोग गर्ने हो भने जनपरिचालन भनेको संसदीय मोर्चामा श्रेष्ठता हासिल गर्ने हो ।“

पार्टीभित्र बहस, अन्तरक्रिया र छलफल कम भएको स्वीकार गर्दैे, “बहसले मगज भुत्ते हुनबाट जोगाउँछ, अन्तरसंवादले सबल अन्तरसम्बन्ध बढाउँछ र अन्तरक्रिया सिंहावलोकन हो।“ संसदीय मोर्चामा रहेका साथीहरूले काम गरे नगरेको विश्लेषण कार्यकर्ता र शुभेच्छुकले गर्ने भएकाले एमाले कार्यकर्ताले जनतासँग स्पष्ट र पारदर्शी छबि निर्माण गर्नुपन मन्त्री गुप्ताको भनाइ थियोे ।

Back to top