×

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले ठूलो मात्रामा भन्सार छलीका सामानसहित ट्रक नियन्त्रणमा लिएको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर १४ गण्डक चोकबाट प्रहरीले ना. ३ ख ८०४२ नम्बरको ट्रक नियन्त्रणमा लिएको हो । 

विलविजक भन्दा बढीका मसाला लगायतका मालबस्तु लोड गरी वीरगञ्जबाट चितवनतर्फ जाँदै गरेको अवस्थामा ट्रकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक भारतीले जानकारी दिए ।

उनकाअनुसार नियन्त्रीत ट्रकबाट ३३ लाख ७७ हजार ९४० रुपैयाँ बराबरका सामान बरामद गरिएको छ । ट्रकलाई सामानसहित आवश्यक अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको उनले बताए । 
 

Back to top