×

पर्सा । पर्साको ग्रामीण भेगका विभिन्न विद्यालयहरूमा अत्यधिक गर्मीका कारण दर्जनौं विद्यार्थीहरू बेहोस भएका छन्। पटेर्वासुगौली गाउँपालिकाको वडा नं. २ का वडाध्यक्ष विजय गैरेका अनुसार श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय रंगपुर टाडी, श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय निचुटा, र श्री जानकी राजेश पण्डित आधारभूत विद्यालय महुवनका थुप्रै विद्यार्थी अत्यधिक गर्मीले प्रभावित भएका छन्।

वडाध्यक्ष गैरेले बताए अनुसार, अत्यधिक तापक्रमका कारण विद्यार्थीहरूले कक्षामा ध्यान दिन नसक्ने अवस्था सिर्जना भएको र कयौं विद्यार्थीहरू बेहोस भएका हुन्। गर्मीको असरले विद्यार्थीहरूको स्वास्थ्य जोखिममा परेको भन्दै स्थानीय जनप्रतिनिधि र विद्यालय प्रशासनले सम्बन्धित निकायलाई तत्काल पहल गर्न अपिल गरेका छन्।

विद्यालय प्रशासनले विद्यार्थीहरूलाई ठण्डा र स्वस्थ वातावरण सुनिश्चित गर्न विभिन्न उपायहरू अपनाउनुपर्ने आवश्यकता रहेको औंल्याएका छन्। गर्मीको यो समस्या अझै केही दिन जारी रहने सम्भावनालाई ध्यानमा राख्दै, विद्यालयमा तत्काल प्रभावकारी उपायहरू अवलम्बन गर्नुपर्ने सुझाव दिइएको छ।

Back to top