×

वीरगञ्ज । सशस्त्र प्रहरीले पर्साबाट ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद गरेको छ । बि.ओ.पी. अमरपट्टीबाट खटिएको मोबाइल गस्ती टोलीले १४५ किलो प्रतिबन्धित गाँजा बरामद गरेको हो ।

पर्साको बिन्दबासिनी गाउँपालसका वडा नम्बर३ इटियाही चोकबाट गाँजा बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर१३ गण हेडक्वाटर पर्साका प्रबक्ता सशस्त्र प्रहरी नायब उपरीक्षक देबेन्द्र सिंहले जानकारी दिए । उनका अनुसार ईटियाही चोकबाट बा.१५ च. ७९५६ नम्बरको कारलाई चेकजाचँ गर्ने क्रममा कार चालक सहित २ जना व्यक्ति गाडी छाडी फरार भएका छन् ।

शंकाको आधारमा  चेकजाँच गर्दा   गाडीको सिटमुनी तथा डिकीभित्र लुकाई छिपाई राखेको १४५ के.जी ९१५ पोका० प्रतिबन्धित  लागुऔषध गाँजा फेला  परेको सिंहले बताए ।  गाजासहितको गाडी भारततर्फ लैजाने प्रयास भइरहेका बेला अमरपटी क्षेत्रका सुरक्षाकर्मीले चेकजाँचको क्रममा उक्त गाडीलाई रोकेका थिए।

बरामद गाँजा सहित कारलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि  ईलाका प्रहरी कार्यालय पोखरियामा बुझाइएको सिंहको भनाा छ ।

 

 

Back to top