×

वीरगञ्ज। जिल्ला प्रहरी कार्यालय पर्सा मातहतको ईनर्वा प्रहरी चौकीले वीरगञ्ज वडा नम्बर १६ नगवाका १८ वर्षीय सुजन यादवलाई ठूलो मात्रामा लागुऔषध चरेससहित पक्राउ गरेको छ।

प्रहरीका अनुसार, असोज ६ गते बिहान प्रहरी निरीक्षक अजय कुमार रामको कमान्डमा खटिएको टोलीले वीरगञ्जको शंकराचार्य गेट अगाडिको क्षेत्रमा चेकजाँच गर्ने क्रममा यादवलाई ८ केजी १०२ ग्राम चरेससहित नियन्त्रणमा लिएको हो।

पक्राउ परेका यादवलाई आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सा लगिएको छ। प्रहरीले लागुऔषध नियन्त्रणका लागि गरेको यो कारबाहीलाई निकै महत्वपूर्ण उपलब्धीको रुपमा लिएको छ।

यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Back to top