×

वीरगञ्ज । चितवन जिल्लाको भरतपुर महानगरपालिका वडा नम्बर २९ नारायणघाट–मुग्लिङ सडकखण्ड अन्तर्गत सिमलतालको पहिरोमा बस दुर्घटना हुँदा बेपत्ता भएका पर्सागढी नगरपालिका वडा नम्बर ७ का ६७ वर्षीय सलिम मियाँ र उनकी पत्नी जनबिया धुनियाका परिवारलाई पर्सागढी नगरपालिकाले रु ५० हजार आर्थिक सहयोग प्रदान गरेको छ।

पर्सागढी नगरपालिकाका प्रमुख गोकर्ण पाठक र उपप्रमुख पूजा चौधरीले पीडित परिवारको घरमा पुगेर मृतकका बुहारीहरू सब्या खातुन र फातमा खातुनलाई रु ५० हजारको चेक हस्तान्तरण गरेका थिए। यस आर्थिक सहयोग विपत् व्यवस्थापन समितिको निर्णय अनुसार प्रदान गरिएको हो।

नगरप्रमुख पाठकले विपत् अप्रत्याशित रूपमा आउने भएकाले यस प्रकारका घटनामा पर्सागढी नगरपालिकाले सधैं सहयोग गर्दै आएको र आगामी दिनमा पनि गर्न प्रतिबद्ध रहेको बताए।

सहयोग हस्तान्तरण कार्यक्रममा वडा सदस्य रामजीवन खाँ थारू, सर्बतदास थारू, स्थानीय नेताहरू सिकेन्द्र पटेल र उमेश भण्डारीको पनि उपस्थिति रहेको थियो।

 

 

 

4o

Back to top