×

रौतहट । उपकार सेवा नेपालले अपाङ्गता भएका दुईजनालाई ह्वीलचेयर सहयोग गरेको छ। रौतहट जिल्लाको माधवनारायण नगरपालिका, वडा नम्बर २ खेसरहिया निवासी १८ वर्षीय विगन राम र सोही स्थानका १३ वर्षीय अर्जुन पासवानलाई ह्वीलचेयर प्रदान गरिएको हो।

उपकार सेवा नेपालकी अध्यक्ष विद्या सरावगीले रौतहटस्थित उनीहरूको घरमैं पुगेर ह्वीलचेयर हस्तान्तरण गरेकी थिइन्। सामाजिक कार्यकर्ता प्रकाश थारूका अनुसार, राम र पासवान दुवै जन्मजात अपाङ्ग हुन्।

ह्वीलचेयर पाएपछि उनीहरूको दैनिकीमा ठूलो सहजता आउने विश्वास गरिएको छ। अर्जुन पासवानका पिता श्रीहजरा पासवानले छोरालाई अब हिंड्डुल गर्न सहज हुने बताउनुभयो।

यस सहयोगले अपाङ्गता भएका व्यक्तिहरूलाई थप आत्मनिर्भर बनाउने आशा गरिएको छ। उपकार सेवा नेपालले यस्ता सहयोगका कार्यक्रमहरू आगामी दिनहरूमा पनि निरन्तर जारी राख्ने प्रतिबद्धता जनाएको छ।

Back to top