×

बारा। जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ९ स्थित ऐतिहासिक जीतपुर गढीमाई मन्दिरमा यस वर्षको दशैं मेला धूमधामका साथ मनाउन तयारी तीव्र पारिएको छ।

हरेक वर्ष घटस्थापनादेखि महानवमीसम्म मनाइने यो मेला व्यवस्थित बनाउन गढीमाई मेला व्यवस्थापन समितिले विभिन्न उपसमितिहरू गठन गरी तयारी अगाडि बढाएको छ।

समितिका अध्यक्ष रोशन चौधरीका अनुसार यस वर्षको मेलामा विशेष धार्मिक कार्यक्रमहरू आयोजना गरिने छन्। समितिका कोषाध्यक्ष कृष्ण चौधरीका अनुसार मेला असोज १७ गते घटस्थापनाका दिनबाट सुरु हुनेछ।

असोज २४ गते खिर भोजको आयोजना हुनेछ भने असोज २५ गते महानवमीका दिन बली पूजाको आयोजना गरिने बताइएको छ।

मेलालाई व्यवस्थित र सफल बनाउनका लागि समितिले स्थानीयबासी र सरोकारवालाहरूलाई आवश्यक सहयोग प्रदान गर्न अनुरोध गरेको छ। दशैं मेलाले सांस्कृतिक तथा धार्मिक महत्त्व राख्ने यस अवसरमा, मेलामा सहभागी हुनेहरूको उत्साह उच्च रहेको छ।

Back to top