×

वीरगञ्ज। संविधान दिवसको अवसरमा नेशनल प्याब्सन वीरगञ्ज नगर कार्य समितिको आयोजनामा बुद्धिचाल तथा वक्तृत्वकला प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ।

नेशनल प्याब्सन नगर अध्यक्ष जियालाल गुप्ताको अध्यक्षतामा र शिक्षा विकास तथा समन्वय समिति इकाईका प्रमुख मोति प्रसाद भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा वीरगञ्जका ३१ विद्यालयहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए।

प्रतियोगितामा बुद्धिचाल विधामा ममता विद्या मन्दिरका विद्यार्थी समिप चौधरीले प्रथम स्थान हासिल गर्दै उत्कृष्ट प्रदर्शन गरे। त्यसैगरी, सगरमाथा स्कुलका किसन शाह दोस्रो स्थानमा तथा विद्या सदनका प्रथम शाह तेस्रो स्थानमा रहे।

वक्तृत्वकला प्रतियोगितामा पनि वीरगञ्जका छात्रछात्राहरूले आफ्नो प्रतिभा देखाएका थिए। संविधान दिवसको यो विशेष अवसरमा वीरगञ्जका विद्यालयहरूले प्रतिस्पर्धामा उत्साहजनक सहभागिता जनाएको आयोजकहरूले जानकारी दिएका छन्।

कार्यक्रमको मुख्य उद्देश्य विद्यार्थीहरूमा बौद्धिक विकास र राष्ट्रप्रतिको चेतनाको अभिवृद्धि गर्नु रहेको आयोजक समितिले बताएको छ।

Back to top