×

एन्फा महिला लिगमा आजदेखि सातौं चरणका खेल सुरु हुँदैछन्। सातौं चरणको पहिलो खेलमा आज विभागीय टोली एपीएफ क्लबले कोशी प्रदशेसँग खेल्दैछ। खेल नेपाली समय अनुसार बिहान साढे १२ बजे एन्फा मुख्यालयको मैदानमा सुरु हुनेछ।

एपीएफ छैठौं चरणसम्म अपराजित छ। उसले ५ खेलमा जित र एक खेलमा बराबरी खेल्दै १६ अंकका साथ शीर्ष स्थानमा छ। यस्तै कोशी प्रदेश तीन खेलमा जित र एक खेलमा बराबरी खेल्दै १० अंकका साथ पाँचौं स्थानमा छ। तेस्रो चरणसम्म अपराजित रहेको कोशीले त्यसपछि भने राम्रो प्रदर्शन गर्न सकेको छैन।

प्रतियोगिता अन्तरगत आजै अर्को विभागीय टोली त्रिभुवन आर्मीले चन्द्रपुर नगरपालिकाको सामना गर्नेछ। प्रतियोगितामा एक खेलमा पराजित आर्मीले एक खेलमा बराबरी गरेको छ। उसले चार खेल जितेको छ।  आर्मी १३ अंकका साथ दोस्रो स्थानमा छ।

चन्द्रपुर नगरपालिकाले ६ खेल खेल्दा एउटामात्रै जित निकालेको छ। उसले चार खेलमा बराबरी खेलेको छ। ७ अंकका साथ चन्द्रपुर छैठौं स्थानमा छ। १० टोली सहभागी प्रतियोगितामा नेपाल पुलिस र वालिङ नगरपालिका अंक तालिकामा क्रमशः तेस्रो र चौथो स्थानमा छ।

 

Back to top