×

वीरगञ्ज । विश्व प्रसिद्ध टू–ह्विलर र थ्री–ह्विलर उत्पादक टिभिएस मोटर कम्पनीले आफ्नो २०२४ मोडेल अन्तर्गत टिभिएस रेडर (एफआइ), टिभिएस एनटर्क (फ्युल इन्जेक्सन भेरियन्ट), र टिभिएस रेडिअन (एफआइ) वीरगञ्जमा सार्वजनिक गरेको छ । यी नयाँ भेरियन्टहरूले उपभोक्ताहरूलाई शक्तिशाली, इको–फ्रेन्ड्ली, र उन्नत प्रविधिको अनुभव दिने विश्वास कम्पनीले व्यक्त गरेको छ ।

टिभिएसले बीएस–भिआइ एफआइ प्लेटफर्ममा तयार गरेका यी फ्युल इन्जेक्सन भेरियन्टहरू कुनै पनि सडक र मौसम परिस्थितिमा उत्कृष्ट अनुभव प्रदान गर्न सक्षम छन् । यी नयाँ उत्पादनहरू आधुनिक इन्जिनियरिङ र आकर्षक डिजाइनमा आधारित छन्, जसले युवा पुस्ताका राइडरहरूको आवश्यकता पूरा गर्छ ।

गायत्री निशान टु व्हुईलर्स प्रा.लि. का प्रबन्धक सागर मानन्धरले भने, “वीरगञ्जमा टिभिएस मोटर कम्पनीका आधिकारिक वितरकका रूपमा हामीलाई पुनः ब्रान्डसँग साझेदारी गर्न पाउँदा खुसी लागेको छ । टिभिएसले सधैं आफ्ना ग्राहकहरूको चाहनालाई सम्बोधन गर्दै आएका उत्पादनहरू ल्याएको छ । यी नयाँ भेरियन्टले हाम्रो ग्राहकहरूको अपेक्षालाई पूरा गर्नेछ भन्ने हाम्रो विश्वास छ ।”

टिभिएस रेडर आफ्नो स्टाइल र शक्तिशाली प्रदर्शनका कारण युवा पुस्तामा लोकप्रिय छ । फ्युल इन्जेक्सन भेरियन्टमा रहेका विशेषताहरुः

फ्युल दक्षताः फ्युल इन्जेक्सन प्रणालीले फ्युलको प्रयोगलाई अनुकूल बनाउँदै किफायती सवारी अनुभव प्रदान गर्छ ।

उत्तम प्रदर्शनः रेडरले सहज पावर डेलिभरी र न्यूनतम इन्जिन कम्पनका साथ रोमाञ्चक र आरामदायी यात्रा सुनिश्चित गर्छ ।

परिष्कृत स्टाइलः यसमा बोल्ड ग्राफिक्स र भाइब्रेन्ट रंग विकल्पहरू छन्, जसले युवाहरूको आकर्षणलाई थप बढाउँछ ।

टिभिएस एनटर्क स्कुटर सेगमेन्टमा खेलकुद शैली र स्मार्ट सुविधाहरूको संयोजन गर्दै ट्रेन्डसेटरको रूपमा चिनिएको छ । 
यस भेरियन्टका प्रमुख विशेषताहरूः
थ्रोटल रेस्पोन्सः उन्नत एफआइ प्रणालीले उत्कृष्ट प्रतिक्रिया दिने एक्सेलेरेशन प्रदान गर्छ ।

इको–फ्रेन्ड्ली राइडः फ्युल व्यवस्थापनले कम उत्सर्जन गर्दै वातावरणमैत्री यात्रा सुनिश्चित गर्छ ।

स्टाइलिश डिजाइनः आइकोनिक एनटर्क डिजाइनलाई कायम राख्दै नयाँ डिकल र रंगमा उपलब्ध छ । 

यात्रीहरूको आवश्यकता पूरा गर्ने रेडिअन एफआइ भेरियन्टले १५% बढी माइलेज प्रदान गर्छ ।

यस भेरियन्टका विशेषताहरूः

स्थायित्वः ड्युरा इन्जिनले लामो समय टिक्ने माइलेज र प्रदर्शन दिन्छ, र सुपर बलियो चेसिसले हरेक किसिमका सडकहरूमा सवारीलाई सुरक्षित र सहज बनाउँछ ।

आरामदायी सवारीः लामो कुसन सिट, पिलियन ग्रेब्रेल र अल गियर सेल्फ–स्टार्टले दैनिक यात्रालाई अझ सहज बनाउँछ ।

सुरक्षाः प्रिमियम अलोय ह्विल, डिस्क ब्रेक र सिंक्रोनाइज्ड ब्रेकिङ टेक्नोलोजीले सवारीलाई सुरक्षित बनाउँछ । 

यी नयाँ भेरियन्टहरू वीरगञ्जसहित नेपालभरका सबै टिभिएस डिलरशिपहरूमा उपलब्ध छन् । टिभिएस रेडर एफआइको मूल्य रु २ लाख ९२ हजार ९ सय रुपैया, एनटर्क एफआइको मूल्य रु २ लाख ७९ हजार ९ सय र रेडिअन एफआइको मूल्य रु २ लाख ३६ हजार ९ सय रहेको छ ।

टिभिएस मोटर कम्पनी दुई र तीन पांग्रे सवारी साधनको निर्माणमा विश्वभर प्रसिद्ध कम्पनी हो । भारत र इन्डोनेसियामा अत्याधुनिक उत्पादन सुविधाहरू राख्दै, कम्पनीले दिगो गतिशीलतामा प्रगति गर्दै आएको छ । टिभिएस मोटर कम्पनी प्रतिष्ठित डेमिङ पुरस्कार जित्ने एकमात्र दुई–पांग्रे सवारी कम्पनी हो ।
 

Back to top